२३ जेठ २०८३, शनिबार

डाबर नेपालले जित्यो नेशनल एक्सलेन्स अवार्ड २०२३

डाबर नेपालले जित्यो नेशनल एक्सलेन्स अवार्ड २०२३

डाबर नेपालले नेशनल एचआर एक्सलेन्स अवार्ड २०२३ प्रतिष्ठित पुरस्कार जितेको  छ ।

नेशनल एचआर एक्सलेन्स अवार्ड २०२३ विजेताहरूको घोषणा मार्च ३१, २०२३ मा गरिएको थियो ।  

यो पुरस्कार डाबर नेपालले नेपालमा एचआर नीति , अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता  दिँदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एचआर कन्सल्टिङ्ग फर्मद्वारा आयोजित एचआर मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड  हस्तान्तरण गरिएको  थियो । 

अवार्ड डाबर नेपालका एचएस बेदी (व्यवसाय प्रमुख), अनिल पुरी (हेड एचआर) र एच आर विभागका अन्य कर्मचारीहरूले अवार्ड ग्रहण गरेका थिए । 

नेशनल एचआर एक्सलेन्स अवार्ड अवार्ड जित्नु भनेको डाबर नेपालको सबैभन्दा बहुमूल्य सम्पति र आफ्ना  कर्मचारीहरूलाई  महत्व दिई उनीहरूको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको उद्योगबाट प्रमाण भएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्