१२ असार २०८३, शुक्रबार

पाकिस्तानले टर्कीसँग किन्यो खतरनाक ड्रोन, आकाशबाटै क्रुज क्षेप्यास्त्र प्रहार गर्न सक्षम

चैत २०, २०७९
पाकिस्तानले टर्कीसँग किन्यो खतरनाक ड्रोन, आकाशबाटै क्रुज क्षेप्यास्त्र प्रहार गर्न सक्षम

पाकिस्तानले टर्कीसँग खतरनाक बेराक्तार अकिन्सी हेल नामक क्षेप्यास्त्र किनेको छ । 

यो हाई एल्टिट्युड लंग इन्डुरेन्स ड्रोन हो । अग्लो स्थानमा लामो समयसम्म उडान गर्न सक्षम यस ड्रोनले निगरानीका साथै क्रुज क्षेप्यास्त्र प्रहार गर्न पनि सक्छ । 

पाकिस्तानले ड्रोनको पहिलो जत्था हात पारेको छ भने अझै ६ वटा जति जत्था पाउने सम्भावना छ । 

यस ड्रोनमा ४०० देखि ९५० किलोसम्मका हतियार बोक्न मिल्छ । 

यसको अधिकतम उडान समय २५ घन्टा ४५ मिनेट हो । अनि यो ३८ हजार फीटको उचाइमा उड्न सक्छ । अधिकतम ४६३ किलोमिटर प्रतिघन्टाको गतिमा यो ड्रोन उड्न सक्छ । 

अहिले यस ड्रोनको उपयोग ११ वटा देशले गरिरहेका छन् । युक्रेनले रुसका विरुद्ध युद्धमा यो ड्रोन उपयोग गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्