११ साउन २०८३, सोमबार

बारा २ मा उपेन्द्र यादवसँग भिड्न जनमत पार्टीबाट कुशवाहको उम्मेदवारी

बारा २ मा उपेन्द्र यादवसँग भिड्न जनमत पार्टीबाट कुशवाहको उम्मेदवारी

जनमत पार्टी शिवचन्द्र कुशवाहले बारा २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी त्यागेर जनमतमा आएका कुशावाहले जनमतबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

बारा २ मा जसपाका उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमतका कुशवाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

कुशवाहा ४ मंसिरको निर्वाचनमा बारा २ बाटै जसपाका रामसहायप्रसाद यादवसँग पराजित भएका थिए । 

प्रतिस्पर्धी उपेन्द्र यादव सप्तरी २ सीके राउतसँग पराजित भएका हुन् ।

रमेश खरेल काठमाडौं १ बाट पराजित भएका थिए। 

salt training

कमेन्ट गर्नुहोस्