
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वर्णिम वाग्लेजस्तो व्यक्ति राजनीतिमा आउनु राजनीतिको लागि गौरवको विषय भएको बताएका छन् ।
वाग्लेलाई टुरिष्ट उम्मेदवार नभन्न उनले आग्रह गरे ।
तनहुँ १ मा वाग्लेको उम्मेदवारी दर्ता गराउन दमौली पुगेका लामिछानेले वाग्ले त्यही परिवेशबाट हुर्केको अर्थशास्त्री भएको बताए।
'यही माटोको सुगन्धबाट हुर्केको मान्छेलाई पाहुना भन्यो भने माटोको लागि अनुदार हुनेछ’, लामिछानेले भने ।
वाग्लेको प्रसंसा गर्दै लामिछानेले भने, ‘स्वणिम वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएको भए, मैले पार्टीको उम्मेदवारलाई फिर्ता बोलाएर भएपनि जिताउँथें ।’
कांग्रेस महामन्त्री गगन थापाले वाग्लेको नामै नलिई टुरिष्ट उम्मेवार भनेपछि रविले वाग्लेको प्रतिरक्षा गरेका हुन् ।