२५ जेठ २०८३, सोमबार

वृद्धभत्ताको रकम हिनामिना गर्ने वडा सचिवसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वृद्धभत्ताको रकम हिनामिना गर्ने वडा सचिवसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जाजरकोटको छेडागाड नगरपालिका १२ नं. वडा कार्यालयका तत्कालीन वडा सचिव देवीलाल जैसी र प्रशासन सहायक रत्नबहादुर कार्कीउपर भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन वडा सचिव जैसीले आर्थिक वर्ष  २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरूको नक्कली विवरण खडा गरी २ लाख ७३ हजार ४ सय रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

साथै १२ नम्बर वडा कार्यालयका तत्कालीन प्रशासन सहायक रत्नबहादुर कार्कीले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरूको नक्कली विवरण खडा गरी अनियमितता गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्