१८ असार २०८३, बिहीबार

अफगानिस्तानमा बेलायती दूतावासको सुरक्षा गर्ने नेपाली गार्डलाई बेलायतबाट निकाल्ने तयारी

चैत २०, २०७९
अफगानिस्तानमा बेलायती दूतावासको सुरक्षा गर्ने नेपाली गार्डलाई बेलायतबाट निकाल्ने तयारी

अफगानिस्तानमा रहेका बेलायती दूतावासका कर्मचारीलाई सुरक्षा दिने नेपाली सुरक्षागार्डलाई बेलायतबाट निकाल्ने तयारी चलेको द गार्डियन पत्रिकाले खबर दिएको छ । 

सन् २०२१ को अगस्टमा काबुलबाट बेलायत लगिएका ती गार्डहरूलाई सुनक सरकारले निकाल्न लागेको हो । 

काबुल तालिबानको कब्जामा पुगेपछि एघारजना नेपाली र दुई भारतीय सुरक्षा गार्डलाई बेलायत लगिएको थियो । तीमध्ये केहीलाई लामो समयसम्मका लागि बेलायतमा रहन दिइएको थियो भने अरूको बारेमा निर्णय लिन बाँकी छ । 

बमबहादुर गुरुङ नामक ३७ वर्षीय नेपाली गार्डले अफगानिस्तानमा एक दशकभन्दा बढी समय काम गरेका थिए । उनी पहिला सुरक्षा गार्ड अनि पछि काबुलमा रहेका बेलायती र क्यानेडियन दूतावासको सुरक्षा प्रबन्धक थिए । 

उनले बेलायतमा स्थायी बसोबासको निवेदन दिएका थिए र त्यसको प्रक्रिया अघि बढेको थियो । तर जुन २०२२ मा उनलाई एउटा ईमेल पठाएर काबुलबाट सद्भावका साथ ल्याइएको तर अब उनले बेलायत छोड्नुपर्ने भनी बताइयो । 

गत मार्च २७ मा उनलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो । 

अप्रिल ११ मा उनलाई बेलायतबाट जबर्जस्ती निकालिने भनिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्