×

NIC ASIA

भ्रष्टाचार मुद्दा

भ्रष्टाचार मुद्दामा वृहत्तर जनकपुरका पूर्वअध्यक्ष रायसहित ५ जना दोषी ठहर, सजाय तोकिन बाँकी

चैत २०, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १०  जना विरुद्ध लागेको भ्रष्टाचार मुद्दामा ५ जना दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलासहितको इजलासले परिषदका अध्यक्ष राय, तत्कालीन कार्यकारी निर्देशक डा. सूर्यदेव साह,  कार्यकारी निर्देशक राजेशकुमार साह तेली, नायब सुब्बा उषा मिश्र, लेखापाल उत्तमराज शर्मा ढकाललाई दोषी ठहर गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईका अनुसार उनीहरूमाथि जनही १२ लाख ५७ हजार ७१३ रुपैयाँ बिगोबमोजिम जरिवानासहित कुल ६२ लाख ८८ हजार ५६९ रुपैयाँ जरिवाना कायम गरिएको छ  । उनीहरूविरुद्ध सजाय निर्धारणका लागि  चैत २८ गते पेशी तोकिएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

परिषद्का तत्कालीन अध्यक्ष राय, तत्कालीन कार्यकारी निर्देशकद्वय  डा. सूर्यदेव साह, राजेशकुमार साह, गोपाल झा, नायब सुब्बा उषा मिश्र, लेखापाल उत्तम राज शर्मा ढकाल, तत्कालीन सब-इन्जिनीयर परशुराम साह, तत्कालीन प्रोजेक्ट इन्जिनीयर उपेन्द्र झा, चन्द्रा एन्ड वसन्त कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि विष्णुबहादुर राउत, डाँफे/सगरमाथा जेभीका प्रतिनिधि प्रदीपनारायण साहविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

Vianet communication

प्रतिवादी बनाइएका १० जनामध्ये ५ जनाले भने सफाइ पाएका छन् ।

जनकपुरको रंगभूमि मैदान बाह्र  बिघा, गंगासागर, धनुष सागर, तिरहुतिया गाछी संरक्षण कार्यलागायत विभिन्न आठवटा ठेक्काको बोलपत्र मूल्यांकन प्रक्रिया र निर्माण कार्यमा कुल ७६ लाख २८ हजार ५०२ रुपैयाँ अनियमितता भएको भन्दै अख्तियारले २०७५ कात्तिक १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

परिषदका तत्कालीन अध्यक्ष रायविरुद्ध ७६ लाख २८ हजार ५०२ रुपैयाँ, तत्कालीन कार्यकारी निर्देशकहरू सूर्यदेव साह, राजेशकुमार साह तेली विरुद्ध ६२ लाख ८८ हजार ५६९ रुपैयाँ बिगो कायम गरिएको थियो । नासु मिश्रविरुद्ध ६६ लाख ४२ हजार ६६४ रुपैयाँ, लेखापाल ढकालविरुद्ध ६२ लाख ८८ हजार ५६९ रुपैयाँ, बिगो कायम गरिएको थियो ।

तत्कालीन कार्यकारी निर्देशक झाविरुद्ध ९ लाख ८५ हजार ८३९ रुपैयाँ, प्रोजेक्ट इन्जिनीयर झाविरुद्ध १३ लाख ३९ हजार ९३३ रुपैयाँ, सबइन्जिनीयर साहविरुद्ध ३ लाख ५४ हजार ९५ रुपैयाँ बिगो कायम गरिएको थियो ।

पाँचवटा प्याकेजका बोलपत्रहरू मूल्यांकन समितिबाट मूल्यांकन गर्दा लागत अनुमान रकमको अंकभन्दा ३० प्रतिशत घटेको कारण देखाई परिषदले बोलपत्र अमान्य हुने जनाएको थियो ।

मूल्यांकन प्रक्रियामा समावेश नै नगरी बदनियत वा लापरवाहीपूर्वक मूल्यांकन गरी सिफारिश भएको तथा सो बमोजिम नै बोलपत्र स्वीकृत गरेको कार्यबाट परिषद्लाई ६२ लाख ८८ हजार ५६९ रुपैयाँ हानी नोक्सानी भएको भन्दै मुद्दा दायर गरिएको थियो । त्यसैगरी ठेक्कामा पनि अनियमितता भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x