२४ जेठ २०८३, आइतबार

राम रहीमको रहस्यमय गुफा, जहाँ हरेक दिन नयाँ युवती पुर्‍याइन्छ

कात्तिक २०, २०७४
राम रहीमको रहस्यमय गुफा, जहाँ हरेक दिन नयाँ युवती पुर्‍याइन्छ
नयाँदिल्ली, १४ भदौं– बलात्कार मुद्दामा २० बर्ष जेल सजाय सुनाइएका राम रहीमको रहस्यमय गुफाको बारेमा नयाँ करतुत बाहिर आएको छ । राम रहीम हरेक दिन नयाँ नयाँ युवतीलाई गुफामा बोलाउने र उनीहरुलाई बासनाको शिकार बनाउने गरेको उनका एक पूराना अनुयायीले बताएकी छिन् ।


उनको गुफाभित्र मात्रै २ सय ९ साधुनी बस्ने गर्छन् । जसमा स्कूल पढ्ने छात्राहरु समेत सामेल रहने गर्छन् ।
मिडिया रिपोर्टका अनुसार राम रहीमलाई जेल चलान गरिएसँगै उनीसँगको थप रहस्यहरु बाहिर आइरहेका छन् । राम रहीमले हरेक दिन नयाँ नयाँ युवतीहरु बोलाएर गुफाभित्र दुव्र्यवहार गर्ने गरेको उनले बताइन् ।

शौखिन र भड्किला राम रहिमले गुफाभित्रै स्वीमिङ पुलको व्यवस्था गरेका थिए । गुफाभित्रको एउटा ढोका भएर छात्राहरु पढ्ने क्याम्पसको गेटमा पुग्छ । जहाँबाट उनले नयाँ नयाँ छात्राहरु छानेर गुफामा ल्याउने गरेको  अनुयायीले बताइन् ।

रहीमले छात्राहरुलाई निर्मम यातना दिने गरेको पनि उनले बताइन् ।  । उनका अनुसार मध्यरातमा छात्राहरुको चिच्याहट बाहिर सुनिने गरेको छ  । राम रहिमले गुफाको माथिल्लो भागमा आएर उक्त रहस्यमय ढोका खोल्ने गरेको उनले बताइन् ।

राम रहिमको सेवामा दुईसयभन्दा बढी साधुनीहरु खटिने गर्छन् । जसमध्ये दैनिक तीस साधुनीहरु त रहिमको निकटमा रहने गर्छन् । जहाँ पुरुषहरु जान मनाही छ । राजसी ठाँटमा रहने रहिम गायन,नृृत्य, अभिनय र महँगा कपडाहरु लाउने शौख पाल्छन् ।

गुफाभित्र छिर्नको लागि रहिमले कोडवर्ड राखिएका थिए । आफूलाई महाराजा ठानिने रहिमको कर्तुतको बारेमा यसअघिनै पर्दाफास भइसकेको छ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्