
कश्मीरको तनावपूर्ण अवस्था कसैबाट पनि लुकेको छैन । चरमपन्थी तथा सेनाबीचको संघर्षमा सवैभन्दा पीडित बालबालिका हुने गरेका छन् ।
पछिल्ला दिनमा सामाजिक सञ्जालमा यस विषयमा चर्चा चलिरहेको छ ।
कारण हो एक बालिकाको मार्मिक तस्वीर । जम्मू कश्मीर पुलिसले दुई दिन पहिला आफ्नो ट्वीटमा एक बच्चीको फोटो सार्वजनिक गरेको थियो ।

तस्वीर हो अनंतनाग चरमपन्थी हमलामा मारिएका एएसआई राशिदकी पाँच वर्षकी छोरी जोहराको ।
फोटामा उनको मासूम अनुहार रोहीरहेको देखिएको छ ।
उनको आखा आसुले भरिएका छन् भने आखामा पीडा देख्न सकिन्छ ।

तस्वीरमा लेखिएको छ,‘शहीद एएसआईको श्रद्धान्जली जहाँ उनकी पाँच वर्षकी छोरी पनि छिन् ।’
यसमा मानिसहरुले प्रतिक्रिया दिएका छन् । करिब २ हजार ३ सय ६१ रि ट्वीट भएको छ । मानिसहरुले राशिको आत्मको शान्तिको प्रार्थना गरेका छन् ।