१२ साउन २०८३, मंगलबार

दिल्ली विमानस्थलमा झोलाको एक्सरे गर्दा सुरक्षाकर्मीले गरगहना चोरेको आरोप

चैत २२, २०७९
दिल्ली विमानस्थलमा झोलाको एक्सरे गर्दा सुरक्षाकर्मीले गरगहना चोरेको आरोप

भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोलाको एक्सरे जाँच गर्ने क्रममा गहना चोरिएको आरोप एक महिलाले लगाएकी छन् । 

अमेरिकामा बस्ने स्वाति रेड्डी नामक ती महिला भर्जिनियाबाट मार्च १३ मा दिल्ली आएकी थिइन् । उनी त्यहाँबाट कनेक्टिङ उडानका साथ अर्को शहर जाने क्रममा हाते ब्यागलाई एक्सरे चेक गराएकी थिइन् । त्यसक्रममा उनको गरगहना चोरिएको आरोप छ । 

गहना राखेको सानो बक्स विमानस्थलका सुरक्षा कर्मचारीले निकालिदिएको उनको आरोप छ । 

एकपटक स्क्यानिङ मशिनमा राखेपछि फेरि पनि राख्न लगाइएको अनि त्यही क्रममा गहना सुरक्षाकर्मीले निकालेको दाबी उनले गरेकी छन् । 

दिल्ली विमानस्थल प्रहरीलाई फोन गर्दा उनलाई सई अभय सिंहले एफआईआर दर्ता गर्न सिफारिश गरेका थिए । 

दुई महिनाअघि अस्ट्रेलियाबाट आएकी भारतीय मूलकी महिलाले अक्षणी सिंह गौरले पनि ५० हजार भारु जति मूल्यको गरगहना दिल्ली विमानस्थलबाट चोरिएको आरोप लगाएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्