२४ जेठ २०८३, आइतबार

आफ्नो कार्यालय परिसरमा फोहोर फ्याँकिएपछि नेपाल टेलिकमको गम्भीर ध्यानाकर्षण

आफ्नो कार्यालय परिसरमा फोहोर फ्याँकिएपछि नेपाल टेलिकमको गम्भीर ध्यानाकर्षण

वीरगन्जमा रहेको आफ्नो प्रादेशिक निर्देशनालयको कार्यालय परिसरभित्र फोहोर फालिएको घटनाप्रति नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

हिजो (मंगलबार) कार्यालय परिसरमा बिहान करिब सवा ९ बजे १५-२० जनाको समूहले फोहोर फ्याँकेका थिए। 

महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानविरुद्ध हुनेगरी उक्त समूहद्वारा भएको यस घटनाले निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएको टेलिकमले जनाएको छ।

हिजै टेलिकमले एक विज्ञप्ति जारी गरी टेलिकमले कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर परेकाले घटनाप्रति खेद व्यक्त गरेको छ।  गएकाले कम्पनी यस्तो गतिविधिप्रति खेद व्यक्त गर्दछ । 

नेपाल टेलिकमले फाइबर तार बिछ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेकाले सांकेतिक विरोधस्वरूप महानगरपालिकाले टेलिकमको परिसरमा फोहोर थुपारेको थियो।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नुपरेको भन्दै महानगरले निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरुप फोहोर खसालेको हो ।

salt training

कमेन्ट गर्नुहोस्