०९ साउन २०८३, शनिबार

अशक्त भएको तस्वीर राख्दै सीके राउतले लेखे- म चारैतिरबाट घेराबन्दीमा छु

अशक्त भएको तस्वीर राख्दै सीके राउतले लेखे- म चारैतिरबाट घेराबन्दीमा छु

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफूलाई चारैतिरबाट आक्रमण भइरहेको अभिव्यक्ति दिएका छन्। 

सामाजिक सञ्जालमा आफू अशक्त भएको पुरानो तस्वीर शेयर गर्दै राउतले आफू चारैतिरबाट घेराबन्दीमा रहेको लेखेका छन्। उनले लेखेका छन्, 'विभिन्न पार्टीहरू, नेताहरू, सामाजिक संरचना, यथास्थितिवादीहरू, मिडिया, शक्ति केन्द्रहरू, साइबर सेलहरूको निरन्तर आक्रमणमा छु।'

सामाजिक सञ्जालमा राउतले आफू संगठन विस्तारमा व्यस्त हुँदा घरपरिवार लथालिंग भएको उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ' विगत १० वर्षदेखि लागेका लाखौं कार्यकर्ताहरूको भविष्य सुरक्षित गर्ने जिम्मेबारी पनि काँधमा छ। देश र समाजको जिम्मेबारी एकातिर, मनको आकर्षण सन्यास र अध्यात्ममा लीन हुने तिर भने पारिवारिक जिम्मेबारी अर्कोतिर लथालिङ्ग छ। घरमा बुवा डेन्टिस्ट कहाँ लगि दिन र वृद्ध आमा अपरेशनको प्रतीक्षामा छिन्, विरामी छोरी छट्पटाई रहँदा अस्पताल लैजाने कोही छैनन्, छोराको पढाई कहाँ पुग्यो थाहा छैन। म चाँहि निरन्तर बटुवा झैं संगठनको काममा कहिले यता त कहिले उता भौंतारिँदैछु।'

वैशाख २० गते हुने उपनिर्वाचनमा राउत नेतृत्वको जनमत पार्टीबाट बारा क्षेत्र नम्बर २ मा शिवचन्द्र कुशवाहलाई उठाएको छ। उक्त क्षेत्रमा जसपाका उपेन्द्र यादवलाई सत्ता गठबन्धनमा रहेका ५ दलको समर्थन छ। 

सप्तरी २ मा राउतसँग हारेका यादवलाई बारा २ मा पनि कडा चुनौती दिइरहेको छ। ​

राउतले सामाजिक सञ्जालमा चुनावलक्षित अभिव्यक्ति दिएको हुन सक्ने बुझिन्छ। उनको पार्टी भर्खरै सरकारबाट बाहिरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्