०४ असार २०८३, बिहीबार

सूर्य नेपालको मिन्टो बाइट टफी बजारमा

सूर्य नेपालको मिन्टो बाइट टफी बजारमा

नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्टो बाइट टफी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

'Freshness in every bite' को नारासहित प्रवर्द्धन गरिएको यो उत्पादन 'मिन्ट' स्वादमा ट्वीस्ट र्‍याप प्याकमा उपलब्ध हुनेछ । 

मिन्टो बाइट ५ रुपैयाँमा २ वटा उपलब्ध हुने जनाइएको छ। 

टफी खाँदा अद्भूत शितलताको आभाषका साथै रिफ्रेशिङ अनुभव पनि गराउने कम्पनीको दाबी छ। 

यसको स्वादले ताजा श्वासका साथै आत्मविश्वास पनि जगाउनेछ । अक्वा निलो र्‍यापरमा उपलब्ध यो टफी बजारमा अरू उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनभन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ । 

मिन्ट स्वाद रुचाउने ग्राहकले मिन्टो बाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् ।

नेपालभरिका खुद्रा पसल तथा सुपरमार्केटहरूमा यो उपलब्ध हुने जनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्