फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
‘समूहको दुईचार जना सरहरू सधैँ घर आउनुहुन्थ्यो । मलाई समूहमा बस्न मन नहुँदा पनि उहाँहरूले जर्बजस्ती हामी ऋण दिन्छौं, केही काम गर्नुस् भन्नुहुन्थ्यो । ठिकै छ नि त, केही काम गर्न ऋण दिन्छन् भने बस्छु भनेर समूहमा बसें,’ काभ्रे पनौतीकी प्रिया खत्रीले आफू लघुवित्तको समूहमा आबद्ध हुँदाताकाको कुरा सुनाइन् ।
२०७२ सालमा लघुवित्तको समूहमा आबद्ध भएको बताउने खत्रीले अगाडि थपिन्, ‘समूहमा बस्दा भनेको जति रकम पनि पाइएन । गर्न खोजेको काम पनि भएन । तर २८ दिनमा किस्ता त तिर्नुपर्यो, त्यो किस्ता तिर्न फेरि अर्को लघुवित्तको समूहमा बसें ।’
उनी एउटा लघुवित्तको ऋण तिर्न अर्को लघुवित्तको समूहमा आबद्ध हुँदै गइन् । दुई, तीन, चार हुँदै उनी ८ वटा लघुवित्तमा जोडिइन् । उनले शुरूमा बाख्रा र भैँसी पालनका लागि ७० हजार रुपैयाँ ऋण लिएकी रहिछिन् । लगत्तै छोरी बिरामी भएर ३ महिना अस्पतालमा बस्नुपरेको बताउँदै उनले निन्याउरो अनुहार पारेर लोकान्तरसँग भनिन्, ‘त्यसपछि मेरो ऋण साढे ३ लाख पुग्यो । अब त्यो ऋण तिर्न अर्को संस्थामा आबद्ध भएँ । एक लघुवित्तको ऋण तिर्न अर्को लघुवित्तमा बस्ने, फेरि अर्कोको तिर्न अर्कोमा बस्ने गर्दागर्दै ८ वटा संस्थामा ऋण लिन पुगें । म अहिले २२ लाख भन्दामाथि ऋणमा फसेको छु ।’
लघुवित्तले अनावश्यक ऋणको पासोमा पारेको बताउने प्रिया खत्री एक्ली पात्र होइनन्, बुझ्दै जाने हो भने उनीजस्ता दर्जनौं पात्रहरू भेटिन्छन् । जसले लघुवित्तले आफूलाई उद्यमशील बनाउने भन्दा पनि अनावश्यक ऋणको पासोमा पारेको गुनासो गर्ने गरेका छन् ।
लघु उद्यमीलाई सेवा दिने उद्देश्यले गाउँ पसेका वित्तीय संस्थाले यसरी जथाभावी ऋण प्रवाह गर्दा संस्था आफैं त समस्यामा परेका छन् नै धेरै सर्वसाधारण ऋणको जालोमा फस्न पुगेका छन् ।
इलाम घर भएर हाल भक्तपुर बस्दै आएकी कुमारी राईको पीडा पनि काभ्रे पनौतीकी प्रियाको जस्तै छ । जीवन विकास लघुवित्तबाट होटल व्यवसायका लागि २ लाख रुपैयाँ ऋण लिएको राईको भनाइ छ । तर, उनको व्यवसायमा कोरोना ‘भिलेन’ बनिदियो, होटल व्यवसाय लकडाउनले गर्दा डुब्यो ।
‘कोराना र लकडाउनको कारणले गर्दा व्यापार चलेन र ऋण तिर्न सकेनौं । अनि हरेक २८ दिनमा ऋण तिर्न धेरै नै गाह्रो भयो । त्यसैले सहज तरिकाले ऋण तिर्न पाऊँ भन्ने मेरो माग हो । केही समय हामीलाई दिनुपयो,’ केही दिनअघि लघुवित्त पीडितहरूको आन्दोलनका क्रममा भेटिएकी राईले भनिन् ।
‘हामीलाई जहिले पनि फोन गरेर तनाव दिन्छन् । अहिले नै चाहियो, भरे नै चाहियो भन्छन् । यसरी त हुँदैन नि । हामीलाई केही समय दिनुहोस् । सहज तरिकाले तिर्ने वातावरण बनाइदिनुहोस् भन्ने माग हो,’ लघुवित्तमाथिको गुनासो उनले लोकान्तरसँग पोखिन् ।
लघुवित्तको ऋण र ताकेताले बाल बच्चाहरूलाई पनि मानसिक रूपमा तनाव भएको उनले गुनासो गरिन् । श्रीमान घर बनाउने मिस्त्री काम गर्दै आएको बताउँदै उनले पछिल्लो समय श्रीमानले काम नपाउँदा समस्या थपिएको बताइन् ।
‘हामीले कतै मजदुरी गर्न जाँदा पनि महिना मरेपछि मात्र तलब पाउँछौंं । तर उहाँहरूलाई २८ दिनमै कसरी ऋण तिर्ने ?’ उनले प्रश्न गरिन् ।
मकवानपुर घर भई भक्तपुरमै बस्दै आएकी कमला मोक्तानले लघुवित्तले घरमा आएर सामान उठाउने, पसल उठाउने भनेर धम्की दिने गरेको बताइन् ।
आन्दोलनकै क्रममा माइतीघरमा भेटिएकी कमलाले भनिन्, ‘हामीलाई काम गरेर खाने वातावरण नै दिएन । काम गरेपछि पो दाम आउँछ, अनि संस्थालाई तिर्ने हो ।’
उनले लघुवित्तका कर्मचारी आफ्नो घरमै आएर ऋण दिएको र समूहमा आबद्ध गराएको बताइन् । ‘हाम्रो बचत कहिल्यै फिर्ता नआउने । हाम्रो बचत फिर्ता दिनुपर्यो, हामी समूहमा बस्दैनौं भन्दा पनि फिर्ता दिनुभएन,’ उनले आफ्नो ऋण आफन्तसँग असुलेको बताउँदै लघुवित्तप्रति आक्रोश पोखिन् ।
उनले श्रीमानले कमाएको पैसा लघुवित्तमा तिर्दा छोराको भविष्य नै बिग्रिएको गुनासो गरिन् । ‘छोराको १२ को सर्टिफिकेट निकाल्न पाइनँ । उसलाई अगाडि पढाउन पाइनँ । छोराको भविष्य बिग्रियो,’ उनले चिन्तित हुँदै भनिन् ।
एउटा व्यक्तिलाई धेरैवटा संस्थाले लगानी गर्ने, लगानी गरेपछि ऋण फिर्ताको सुनिश्चित आधार नहेर्ने र लघुवित्तले ऋण दिएको महिनादेखि नै ताकेता गर्ने समस्याले ऋणीहरू समस्यामा परेका छन् ।
लघुवित्तले उत्पादनमूलक क्षेत्र बाहेकमा सापटी भन्दै ऋण थप्दै जाने, उपभोग्य वस्तुको खरिदमा ऋण दिने गरेका छन् । यस्तो ऋण फिर्ताको आधार नबनाई नाफामूलक बन्न खोज्दा पछिल्लो समय समग्र लघुवित्तप्रति नै ग्राहकको विश्वास घटेको छ । जसले गर्दा लघुवित्तलाई नै असहज हुने अवस्था सिर्जना भएको देखिन्छ ।
लघुवित्तबाट ऋण लिएकी काभ्रे पनौतीकी प्रिया खत्री पनि लघुवित्तले जबरजस्ती ऋण दिएका कारण आफूलाई गाह्रो भएको गुनासो गर्छिन्
। ‘लघुवित्तले ऋण दिँदै गर्दा यिनीहरू उद्यमी छन् कि छैनन् हेर्नु पर्दैन ? गाउँ, समाजमा आउने, जबरजस्ती ऋण दिने, अनि २८ दिनमा किस्ता तिर्न सकेन भने धम्क्याउने ? यस्तो ज्यादती गर्न पाइन्छ ?’ उनको आक्रोश छ ।
हेर्नुहोस्, भिडियो :
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...