
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने अधिकतम खर्चको हद तोकेको छ।
आयोगको आजको बैठकले उपनिर्वाचन प्रयोजनका लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिएबमोजिम नै हुने जनाएको छ।
जसअनुसार चितवन क्षेत्र नम्बर २ तथा बारा क्षेत्र नम्बर २ का लागि २९ लाख रुपैयाँ र तनहुँ-१ का लागि ३१ लाख रुपैयाँ खर्च निर्धारण गरेको छ ।
आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने समेत आयोगले निर्णय गरेको छ ।