०७ असार २०८३, आइतबार

सशस्त्र प्रहरीको गोताखोरले फेला पार्‍यो माघ ९ देखि बेपत्ता भएकाको शव

सशस्त्र प्रहरीको गोताखोरले फेला पार्‍यो माघ ९ देखि बेपत्ता भएकाको शव

गत माघ ९ गतेदेखि सेती नदीमा हामफालेर बेपत्ता भएकाको शव फेला परेको छ ।  कास्कीको माछापुच्छ्रे  गाउँपालिका ६  घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षीय विश्व बहादुर गुरुङको बुधबार सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।                               

मंगलबार पोखरा महानगरपालिका १६ दिपस्थित के.आई. सिंह पुलबाट मंगलबार हाम फालेर बेपत्ता भएकी लामाचौर बस्ने ३१ वर्षिया अल्का गुरुङको खोजतलासका क्रममा पुरानो घटनामा बेपत्ता भएकाको शव फेला परेको हो । 

नम्बर २४ कालिका गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले  शव फेला पारेको हो । अल्का गुरुङको भने खोजीकार्य जारी रहेको छ । विश्व गुरुङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्