२३ असार २०८३, मंगलबार

पतिपत्नी भएको १० वर्ष बित्यो, डीएनए जाँच गराउँदा यस्तो रहस्य खुलासा

चैत २३, २०७९
पतिपत्नी भएको १० वर्ष बित्यो, डीएनए जाँच गराउँदा यस्तो रहस्य खुलासा

विवाह गरेको दशक बितिसक्दासम्म घरपरिवार ठीकठाकै चलेको थियो तर डीएनए परीक्षण गराउँदा अचानक छुट्टै रहस्य खुलासा भयो ।

अमेरिकाबाट आएको खबरअनुसार १० वर्षअघि विवाह गरेको जोडी १७ वर्षदेखि एकअर्कासँग परिचित थियो । विवाहपछि दुवैका ३ बच्चा पनि भएका छन् । दुवै जना खुशीसाथ परिवार चलाइरहेका थिए ।

पत्नी सेलिनाले आफ्नो र पतिको डीएनए जाँच गर्ने निधो गरिन् । उनलाई थाहा थिएन कि डीएनए रिपोर्टले ठूलो धक्का दिनेवाला थियो । पत्नी सेलिना र पति जोसेफको डीएनए जाँचबाट दुवै जना दाइबहिनी रहेको खुलासा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हालै उनले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएकी छन् । उनले अरु पतिपत्नीलाई पनि डीएनए जाँच गर्न सुझाव दिएकी छन् । कतिपयले दुवैलाई अलग हुन सुझाव पनि दिइरहेका छन् । उनले भनिन्, ‘डीएनए जाँचको रिपोर्ट खतरनाक थियो तर हाम्रो प्रेम पहिलेभन्दा बढी बलियो भएको छ ।’ दाइबहिनी भएको थाहा पाएपछि सम्बन्धविच्छेद गर्नुपर्ने भनेर आइरहेका नकारात्मक कमेन्टलाई दुवैले नजरअन्दाज गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्