
विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला यो वर्ष नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने सम्पत्ति बढेको छ । फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।
चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलरबराबर रहेको फोब्र्सको सूचीमा उल्लेख छ । यस वर्ष चौधरीको सम्पत्ति गत वर्षको तुलनामा ३० करोड अमेरिकी डलरले बढेको फोब्र्सले जनाएको छ । नेपाली ४० अर्ब सम्पति बढाएका उनको नेपालसँगै भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा व्यापार फैलिएको राजधानी दैनिकमा खबर छ ।