२४ जेठ २०८३, आइतबार

नीति तथा कार्यक्रम सार्वजनिकको तयारीमा सत्ता गठबन्धन

नीति तथा कार्यक्रम सार्वजनिकको तयारीमा सत्ता गठबन्धन

 सत्ता गठबन्धनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । गठबन्धनका एक नेताले केही मिल्न बाँकी विषयलाई फाइनल गरेर बिहीबार संयुक्त सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको बताए ।

गठबन्धनले ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको जनाइएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बसेको पार्टी पदाधिकारी बैठकमा  पनि आजसम्ममा नीति तथा कार्यक्रम सार्वजनिक हुने बताएका थिए । 

एमाले सरकारबाट बाहिरिएर कांग्रेससहितको नयाँ गठबन्धन बनेसँगै सरकारको नीति तथा कार्यक्रम पनि परिमार्जन गर्न लागिएको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्