२६ जेठ २०८३, मंगलबार

उपसचिव र शाखा अधिकृतले १ महिनाभित्र वैयक्तिक विवरण अद्यावधिक गर्न निर्देशन

उपसचिव र शाखा अधिकृतले १ महिनाभित्र वैयक्तिक विवरण अद्यावधिक गर्न निर्देशन

राष्ट्रिय किताबखाना (निजामती)ले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीलाई १ महिनाभित्र आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ ।

कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका आधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले सूचना जारी गरेको हो । 

किताबखानाका सूचना अधिकारी प्रकाशजंग शाहीका अनुसार कर्मचारीको वैयक्तिक विवरण नभएका कारण पूर्णरूपमा विवरण अद्यावधिक गर्न कठिनाइ भएकाले संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन भई कार्यरत सबै सेवा, समूह र श्रेणीका कर्मचारीले १ महिनाभित्र अद्यावधिक गर्नुपर्नेछ । 

किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजातसहित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने किताबखानाले जनाएको छ । किताबखानाले सबै सेवा, समूह र श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवं अद्यावधिक गर्नुपर्ने कानूनी व्यवस्था भएबमोजिम कर्मचारीको वैयक्तिक विवरण निरन्तर अद्यावधिक गर्दै आएको छ ।

किताबखानाले यसअघि सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गर्न सूचना जारी गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्