२२ जेठ २०८३, शुक्रबार

सुनको मूल्य ८०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य ८०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य आज बिहीवार ८०० रुपैयाँले घटेको छ ।

बुधवार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड बनाएर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य बिहीवार प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बिहीवार तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ । 

सुनको मूल्य घटेसँगै बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार चाँदीको मूल्य वुधवारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको छ ।

बुधवार चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो भने बिहीवार १ हजार ४३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्