०४ साउन २०८३, सोमबार

अमेरिकामा शृंखलाबद्ध आँधीका कारण ५ जनाको मृत्यु

चैत २३, २०७९
अमेरिकामा शृंखलाबद्ध आँधीका कारण ५ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

विगत २ हप्तादेखि शृंखलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । 

बिहीवार बिहानै आएको आँधीमा परी ५ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । 

आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ । देशका ८ राज्यमा आएका दर्जनौं आँधीका कारण हालसम्म ६३ जनाले ज्यान गुमाएका छन् ।

बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन् भने विद्युत् आपूर्तिमा अवरोध भएको छ । 

प्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको मिसौरी राज्यका एक अधिकारीले बताएका छन् । राज्यका गभर्नर माइक पार्सनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सहयोग गर्ने बताएका छन् ।

उनले राष्ट्रपति जो बाइडेनबाट संघीय सहयोगको आश्वासन प्राप्त भएको जानकारी पनि दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्