२९ जेठ २०८३, शुक्रबार

विमानस्थलमा शवको बाकसमा पनि गरगहना छ कि भनेर लुट्छन्- सांसद ढकाल

विमानस्थलमा शवको बाकसमा पनि गरगहना छ कि भनेर लुट्छन्- सांसद ढकाल
फाइल तस्वीर

प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन्। 

बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा ढकालले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्न फुटाइने गरेको बताए। 

गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको उनको भनाइ थियो। 

'समाज कहाँ जाँदै छ ? समाज के बन्दैछ ? कारण के हो ? कारण भ्रष्टाचार यसरी संस्थागत भएछ कि यसरी जरोसम्म पुगेछ कि, शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ । अचम्मको छ एयरपोर्ट, यताबाट लागुऔषध स्क्रिनमा देख्दैन, कतारमा पुग्छ,' उनले भने। 

salt training

कमेन्ट गर्नुहोस्