२२ जेठ २०८३, शुक्रबार

सांसद सिंहको प्रश्न- विदेशबाट बाकसमा फर्किएकाको परिवारका लागि सरकारले के सोचेको छ ?

सांसद सिंहको प्रश्न- विदेशबाट बाकसमा फर्किएकाको परिवारका लागि सरकारले के सोचेको छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताएका छन्। 

बिहीबारको प्रतिनिधि सभाको बैठकमा उनले सरकारले विदेशबाट बाकसमा शव फर्किएका नेपालीका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न पनि गरे।

विदेशमा रहेका नेपालीले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तानभन्दा अगाडि नै असफल हुने उनको दाबी थियो।

उनले सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीका लागि कुनै काम गर्न नसकेको प्रति दुःख व्यक्त गरे। 

सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको पनि दाबी गरे। उनले अब जनताले विकल्प खोज्ने बेला भइसकेको बताए। 

salt training

कमेन्ट गर्नुहोस्