२२ जेठ २०८३, शुक्रबार

अंगीकृत र जन्मसिद्ध नागरिकका छोराछोरीहरूले सिम कार्डसमेत लिन पाएनन्- सांसद राय

अंगीकृत र जन्मसिद्ध नागरिकका छोराछोरीहरूले सिम कार्डसमेत लिन पाएनन्- सांसद राय

प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार रायले नागरिकता समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गरेका छन्। 

बिहीवारको प्रतिनिधि सभा बैठकको शून्य समयमा रायले अंगीकृत नागरिक र जन्मसिद्ध नागरिकका छोराछोरीहरू अझै पनि नागरिकताबाट वञ्चित हुनुपरेको बताए।

नागरिकता नहुँदा राज्यबाट पाउने हरेक सुविधाबाट वञ्चित हुनुपरेको भन्दै उनले नागरिकता समस्या अविलम्ब समाधान गर्न माग गरे। 

‘अंगीकृत र जन्मसिद्ध नागरिकका छोराछोरीहरूलाई नागरिकताबाट वञ्चित छ । नागरिकता समस्या कहिले समाधान हुन्छ ? सरकारका हरेक सुविधाबाट वञ्चित छन् । बैंकमा खाता खोल्न, विदेश जान, सिम कार्डसमेत पाएका छैनन्। नागरिकता समस्या अविलम्ब समाधान होस् भनेर आग्रह गर्न चाहन्छु,’ उनले भने। 

सांसद राय महोत्तरी- ४ बाट निर्वाचित सांसद हुन्। 

salt training

कमेन्ट गर्नुहोस्