
नेपाली सेनोको नेतृत्वमा 'हिमाल बचाउने प्रयास' नारा सहित आयोजना भइरहेको चौँथो हिमाल सरसफाइ अभियानमा कोका-कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ ।
अन्य थुप्रै सरोकारवाला निकायहरूको पनि सहभागिता रहेको यस अभियानमा दि कोका-कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबै भन्दा ठूलो डोनर रहेको छ ।
यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान हो ।
पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य हो ।
सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुण हिमाल गरी ८,००० मिटर भन्दा अग्ला हिमालहरू सरसफाइ गर्ने यो कार्यक्रममा कोका-कोलासहित थुप्रै सरोकारवाला निकायहरू पनि सहभागी रहेका छन् ।
चैत्र १४ देखि जेठ २२ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको छ ।
संकलन भएका सबै फोहोर उचित व्यवस्थापनका लागि रि-साइक्लिङ पार्ट्नरहरूलाई हस्तान्तरण गरिनेछ ।
हिमाल सरसफाइ अभियान २०२३ का क्याम्पेन डिरेक्टरले भने, 'हिमालहरू हाम्रा राष्ट्रको गौरव हुन्, र स्थानीय समुदाय र भावी पुस्ताका लागि तिनीहरूलाई सफा राख्ने र संरक्षण गर्नु हाम्रो दायित्व हो । हामी यी हिमालहरूमा बढ्दै गरहेको फोहोरबारे जनचेतना जगाउन हामीले स्थानीय समुदाय र अन्य सरोकारवाला निकायहरूसँग मिलेर काम गरिरहेका छौँ । यसमा कोका-कोला फाउन्डेसन र अन्य सम्पूर्ण सरोकारवाला निकायहरूबाट प्राप्त निरन्तर साथ र सहयोगको लागि हामी आभारी छौँ ।'
प्रतिकूल मौसम र हाई अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ ।
टोलीमा आरोही, डाक्टर र शेर्पाहरू छन् । प्रत्येक टोलीको नेतृत्व एक क्याम्पेन लिडरले गरेका छन्, जसलाई नेपाली सेनाका दुई बेस क्याम्प म्यानेजर र २ डेप्युटी डिरेक्टरहरू समावेश छन् । त्यसैगरी फोहोर संकलन, लोडिङ र अन्य सहयोगको लागि ४५ शेर्पाहरू पनि रहेका छन् ।
त्यस्तै सञ्चालन, समन्वय र रियर अपरेसनका लागि अन्य २० जना कर्मचारीहरू रहेका छन् ।
नेपाली सेनाको नेतृत्वमा सञ्चालन भइरहेको यो अभियान विभिन्न गैरनाफामुलक संस्थाहरू, कर्पोरेट हाउसहरू, नागरिक समाज र रिसाइक्लिङ पार्ट्नरहरूको संयुक्त प्रयास रहेको छ ।
कोका-कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले भने,'पहाडी इकोसिस्टमले बाढीलाई नियन्त्रण गर्नुका साथै सफा पानी र हावा प्रदान गरी मानव जीवनलाई अत्यावश्यक सेवाहरू प्रदान गर्दछ । जलवायु परिवर्तन विशेष गरी पहाडहरूमा तीव्र छ र हामीले तिनीहरूलाई बचाउन काम गर्नुपर्छ । कोका-कोला फाउन्डेसनको सहयोगले आशा छ कि यस्ता पहलहरूले नेपाल र विश्वभरमा अझ बढी जलवायु कार्य सञ्चालन गर्न मद्दत गर्नेछ । हामीले नेपाली सेनालाई साथ दिन पाउँदा खुसी छौं र संलग्न सम्पूर्णमा सफलताको लागि शुभकामना दिन चाहन्छौँ ।'
नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९ मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाइ अभियानमा १०,५८६ किलो फोहोर संकलन भएको थियो ।
सोही प्रयासलाई निरन्तरता दिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा ६ वटा हिमालबाट २७, ६७१ किलो फोहोर निकालिएको थियो ।
अभियानको तेस्रो संस्करण २०२२ मा भएको थियो जहाँ ४ वटा हिमालबाट ३३,८७७ केजी फोहोर (७,२२७ केजी बायोडिग्रेडेबल र २६,६५० केजी नन-बायोडिग्रेडेबल) संकलन गरिएको थियो ।
सगरमाथा, ल्होत्से हिमाल, मनास्लु हिमाल र कञ्चनजंघा हिमालबाट संकलन भएका यस्ता फोहोरहरूमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनरहरू, प्लास्टिक र इलेक्ट्रोनिक फोहोर आदि पर्दछन् ।