०५ साउन २०८३, मंगलबार

अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन - अर्थमन्त्री

अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन - अर्थमन्त्री
फाइल तस्वीर

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन्।

अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उनले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याए।

​उनले भने, 'अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ ।'

अर्थमन्त्री डा महतले अनावश्यक खर्च कम गर्ने र पुँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उल्लेख गरे।

उनले भने, 'अनावश्यक खर्च कम गर्ने र पुँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ ।' उहाँले आयात प्रतिबन्ध हुँदा विदेशबाट विभिन्न च्यानलबाट अवैधरूपमा  मोबाइल फोन भित्रिँदा ३० देखि ३५ अर्ब राजस्व गुमेको उल्लेख गरे।

पूर्वाधार, घरजग्गा कारोबारमा आएको मन्दी र बैंकको ब्याजदर बढेकाले व्यापारमा समस्या आएको उनको भनाइ थियो ।

विगतमा लक्ष्य बराबर राजस्व उठ्ने गरेको भए पनि यो वर्ष बजारमा माग नबढ्दा आयात बढ्न नसकेपछि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको उनको भनाइ थियो ।

अर्थ सचिव तोयम रायाले बजारमा हल्ला भएजस्तो अर्थतन्त्र नकारात्मक दिशामा नरहेको बताए।

उनले लक्ष्यअनुसार राजस्व संकलन हुने देखिएको र विप्रेषण पनि सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरे। 

बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले आगामी आर्थिक वर्षको बजेटमा आधारभूत सेवा सुधार, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन सुझाव दिए। 

सेजनका अध्यक्ष जनार्दन बरालले मुलुकको अर्थतन्त्र र सुधारबारे प्रस्तुतीकरण गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्