२३ असार २०८३, मंगलबार

लाइसेन्स लिएकाले मात्रै घरजग्गा कारोबार गर्न पाउनुपर्ने माग

लाइसेन्स लिएकाले मात्रै घरजग्गा कारोबार गर्न पाउनुपर्ने माग

घर जग्गा व्यवसायीहरूले लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । 

शुक्रवार संगठन नेपाल घर जग्गा तथा आवास विकास महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग राखेका हो ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भेषराज लोहनीले विदेशीले नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरे।

उनले भू-उपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउने व्यवस्था गर्न, व्यवस्थित बसोबास तथा शहरीकरण सम्बन्धित आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिनुपर्ने बताए।

उनले ल्याण्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै शहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउन पनि माग गरे।

उनले घर जग्गा कारोबारमा लगानी गर्दा अर्थतन्त्रमा समस्या आयो भन्नेहरूले अब घर जग्गा कारोबारलाई व्यवस्थित गर्नुपर्ने धारणा राखेको बताए। 

महासंघको नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा, उपाध्यक्षमा राजकुमार राई र विदुर धमला, महासचिवमा विष्णुप्रसाद घिमिरे, सचिवमा रामसुन्दर विके र कोषाध्यक्षमा रोहकुमार भोयद्यो निर्वाचित भए। 

salt training

कमेन्ट गर्नुहोस्