२३ असार २०८३, मंगलबार

शरीरमा आगो लगाएर बानेश्वरमा ५० वर्षीय पुरुषले गरे आत्मदाह प्रयास

शरीरमा आगो लगाएर बानेश्वरमा ५० वर्षीय पुरुषले गरे आत्मदाह प्रयास

काठमाडौंको नयाँ बानेश्वरमा फेरि एक जनाले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। 

शुक्रबार अपराह्नतिर ५० वर्षीय प्रेम लामा नाम गरेका एक व्यक्तिले पुरानो ट्रली बसको कार्यालयअगाडि शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेका प्रहरीले जनाएको छ । 

तर प्रहरीले उनलाई बेलैमा उद्धार गरेको थियो।

प्रहरीले लामालाई नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाएको छ। 

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार पारिवारिक कारणले उनले दुर्घटना निम्त्याउन खोजेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। 

माघ ११ गते पनि प्रेम प्रसाद आचार्य नाम गरेका एक जनाले सोही क्षेत्रमा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। त्यसको भोलिपल्ट उपचारका क्रममा उनको निधन भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्