पोखरा, १५ भदौ — शिक्षा सेवा आयोग क्षेत्रीय शिक्षा निर्देशनालय पोखराले विभिन्न मितिको निर्णयअनुसार शिक्षकहरुको बढुवाको सूचि सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) को परिच्छेद ४ को निमयय ३३ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको नामावली प्रकाशित गरिएको निर्देशनालयले जारी गरेका सूचनामा उल्लेख छ ।
बढुवा उपर चित्त नबुझेमा ३५ दिनभित्र तोकिएको दस्तुर बुझाई निर्देशनालयमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ । बढुवाका लागि शिक्षकहरुले विभिन्न मितिमा दिएको निवेदनमाथि कार्यसम्पादन मूल्यांकनको आधारमा सो बढुवा गरिएको हो ।
