२५ असार २०८३, बिहीबार

सिरियाली शिविरबाट १४ क्यानडाली नागरिक स्वदेश फिर्ता

चैत २५, २०७९
सिरियाली शिविरबाट १४ क्यानडाली नागरिक स्वदेश फिर्ता

क्यानडाले उत्तरपूर्वी सिरियामा इस्लामिक स्टेट (आइएस) सँग सम्बन्धित चार महिला र १० जना बालबालिकालाई यसै साता विस्थापित व्यक्तिका शिविरबाट स्वदेश फर्काएको प्रहरीले शुक्रबार जनाएको छ ।

कुर्दिश प्रशासित उत्तरपूर्वी सिरियाको शिविरमा रहेका आफ्ना नागरिकलाई क्यानडा सरकारले गरेको यो चौथो उद्धार अभियान हो ।

तीमध्ये तीन जना महिलालाई विमानस्थलबाटै पक्राउ गरिएको र त्यसपछि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

तीमध्ये एक जना ३८ वर्षीया महिलालाई पश्चिमी क्यानडाको अल्बर्टा लगिएको थियो र उहाँको स्वास्थ्य अवस्थाको कारण सुनुवाइ नभएसम्म जमानतमा रिहा गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्