०५ साउन २०८३, मंगलबार

आईपीएलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै चेन्नईको जीत

आईपीएलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै चेन्नईको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अन्तर्गत शनिवार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै चेन्नई सुपर किंग्स्ले जितेको छ ।

खेलमा मुम्बईले शुरूआती ब्याटिङ गर्दै १५७ रन बनाएको थियो । जवाफमा चेन्नईले ११ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो ।

चेन्नईको जीतमा अजिंक्य रहाणेको योगदान महत्त्वपूर्ण रह्यो । उनले यो सिजनको सबैभन्दा छिटो अर्धशतक बनाएका छन् । उनले १९ बलमा अर्धशतक बनाएका छन् ।

४४ बलमा ८२ रनको साझेदारी गर्दै रहाणे पीयूष चावलाको बलमा आउट भएका थिए । उनले २७ बलमा ६१ रन बनाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्