२९ जेठ २०८३, शुक्रबार

सुदूरपश्चिम विश्वविद्यालयका ८ विद्यार्थीले पाए स्वर्ण

सुदूरपश्चिम विश्वविद्यालयका ८ विद्यार्थीले पाए स्वर्ण

सुदूरपश्चिम विश्वविद्यालयका आठ जना विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका छन्। आज महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित तेस्रो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्र्णण पदकबाट उनीहरुलाई विभूषित गरेका हुन् । 

दीक्षान्त समारोहमा दीक्षित डेढ सय बढी विद्यार्थीमध्ये आठ जनाले स्वर्ण पदक, एक जनाले चान्सलर पदक र एक जनाले भाइस चान्सलर पदक प्राप्त गरेका हुन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी व्यवस्थापन सङ्कायबाट स्नातकोत्तर मुकेशराज जोशीले चान्सलर पदक प्राप्त गरेका छन् । इन्जिनियरिङ सङ्कायमा स्नातक डिल्लीराज शर्माले भाइस चान्सलर पदक प्राप्त गरेका छन् । केन्द्रीय क्याम्पसका हेमा जोशी, बलदेव भट्ट, मुकेशराज जोशी, केशवदत्त जोशी, महेश्वरी बडु, मुकुन्दसिंह क्षेत्री, शिवशङ्कर पाण्डेय र डिल्लाराज शर्माले स्वर्ण पदक प्राप्त गरेका हुन् ।

दीक्षान्त समारोहमा इञ्जिनियरिङ सङ्कायका २५, सिएसआईटीका १६, बिएस्सी का १४, बिएडका १७, एमएडका १५, बिएका चार, एमएका १४, बिबिका १७, बिबिएसका ३७ र एमविएमका २० गरी एक सय ७९ जना विद्यार्थी दीक्षित भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्