
काठमाडौं, १५ भदौ – डिआइजी नवराज सिलवालको मुद्दामा आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । प्रधानन्यायाधीश गोपाल पराजुली सहितको ७ सदस्यीय पूर्ण इजलासले उक्त मुद्दामा सुनुवाई गर्दै छ ।
आज सरकारी वकिलको तर्फबाट बाँकी बहस गर्ने र नवराज सिलवालको तर्फबाट जवाफ फर्काउने काम मात्रै बाँकी छन् । त्यसले यो मुद्दामा आजै फैसला आउन पनि सक्छ ।
सकारले जयबहादुर चन्दलाई प्रहरीको आइजीपी नियुक्त गरेपछि नवराज सिलवाल अदालत गएका थिए । अदालतले जयबहादुरको नियुक्त बदर गरिदिएपछि सरकारले प्रकाश अर्याललाई आइजीपी बनाएको छ । त्यसपछि फेरि सिलवाल अदालत गएका थिए । सो मुद्दा अहिले सम्म चलिरहेको छ ।
पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी बृहत् पूर्ण इजलासमा सदस्य छन् ।