
काठमाडौं, १५ भदौ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले हानेको मिसाइलको जवाफ कुराकानी र वार्ता नभएको बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै अमेरिकाले लामो समयदेखि उत्तर कोरियासँग कुराकानी गरिरहेको भन्दै उनले अब कुराकानी र छलफलबाट कुरा नमिल्ने बताएका हुन् ।
अमेरिकी राष्ट्रपतिको यो ट्वीट उत्तर कोरियाको पछिल्लो मिसाइल परीक्षणको एक दिन पछि सार्वजनिक भएको हो ।
उत्तर कोरियाले जापानको आकाशमा गरिएको मिसाइल परीक्षण प्रशान्त क्षेत्रमा उसको सैन्य कारवाहीको दिशामा उठाइएको पहिलो कदम भनेका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले यसको आलोचना गर्दै आपतकालीन बैठक बोलाएको छ ।
बीबीसीका अनुसार कोरियाले जापानको पूर्वी तटमा प्रहार गरेको यस्तो पहिलो बेलास्टिक मिसाइल हो जो परमाणु हतियार लैजान सक्षम छ ।
उत्तर कोरियाको कारवाहीको भविष्यमा तथा यस्तो कदमको संकेतको रुपमा देखापरिरहेको छ । ट्रम्पले आफ्नो बुधबारको ट्वीटमा यो बताएनन् की उत्तर कोरियाको विरुद्ध जवाफी कारवाही के हुनेछ ।
तर ट्रम्पले यसअघि नै उत्तर कोरियाले धम्की जारी रखेको खण्डमा उसले विध्वंसको सामना गर्नुपर्ने छ जसलाई विश्वले कहिले देखेको छैन ।