रुसी सैनिकहरूले क्राइमियामा युक्रेनको आक्रमण हुन सक्ने पूर्वानुमानका साथ कडा किल्ला बनाइरहेका छन् ।
भूउपग्रहीय तस्वीरहरूमा रुसी तयारीको संकेत पाइएको छ ।
विज्ञहरूका अनुसार, रुसका यी प्रतिरक्षा उपायले युक्रेनी प्रयासलाई कठिन तथा रक्तरञ्जित बनाउनेछ ।
रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा मिसाएको थियो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी राजनीतिक तथा सैन्य अधिकारीहरूले क्राइमिया पनि फिर्ता लिने बताइरहेका छन् ।
अल जजीराको सनद इकाइले फेब्रुअरी र मार्च महिनाको बीचमा रुसले क्राइमिया सीमा तथा वरपरका क्षेत्रमा बलियो किल्ला बनाएको पत्ता लगाएको छ ।
सुरुङहरूको व्यापक सञ्जाल रुसले क्राइमियाका सीमावर्ती गाउँहरूमा बनाएको छ । त्यही अवधिमा महत्त्वपूर्ण सैन्य अखडाहरू पनि रुसले बनाएको छ ।