२६ असार २०८३, शुक्रबार

पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ फसेको आशङ्का

असार २५, २०८३
काठमाडौं
पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ फसेको आशङ्का

चीनको पूर्वी प्रान्त फुजियानमा एक जुत्ता कारखानामा आगलागी भएको छ । आगलागी भएको भवनमा धेरै व्यक्ति फसेको र कैयौँ हताहत भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् । घटनामा कति व्यक्ति परेका छन् भन्ने जानकारी तत्काल दिन असम्भव रहेको उद्धार कार्यमा खटिएका अधिकारीहरूले बताएका छन् ।

क्वानझाउ सहरको दमकल तथा उद्धार विभागका अनुसार जिनजियाङ सहरको चेन्डाई नगरको जियान्टाउ गाउँमा रहेको कारखानामा दिउँसो १२:०४ बजे आगो लागेको थियो ।

समाचार तयार गर्दासम्म आगो नियन्त्रणको काम जारी रहेको थियो भने घटनास्थलमा ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स तयारी अवस्थामा थिए ।

सिन्ह्वालाई प्राप्त जानकारीअनुसार भीषण आगलागीका कारण उद्धारकर्मीहरू प्रभावित क्षेत्रभित्र प्रवेश गरेर थप खोजी कार्य गर्न कठिनाइ भएको छ ।

जुत्ता कारखानाको आगलागीपछि तत्कालै चिनियाँ राष्ट्रपति सी चिनफिङले अधिकारीलाई घटनालाई तत्काल नियन्त्रणमा ल्याउन यथासम्भव उपाय अवलम्बन गर्न र आगलागीमा फसेकाहरूलाई सावधानीपूर्वक उद्धार गर्न निर्देशन दिए ।

उनले पूर्ण प्रयासका साथ खोज तथा उद्धार कार्य गर्न, दुर्घटनाको कारण पहिल्याउन र घटनाका दोषीउपर कानुनी कारबाही गर्न पनि निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्