०४ साउन २०८३, सोमबार

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

सोमवार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । 

आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पनि हुन् । 

उनी माओवादी केन्द्र निकट पत्रकारको संस्था प्रेस सेन्टरका सल्लाहकार समेत रहेका छन् ।

आचार्य यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सल्लाहकार थिए । 

प्रधानमन्त्रीले यसअघि नै प्रेस संयोजकमा सूर्यकिरण शर्मा र प्रेस विज्ञमा मनहरि तिमिल्सिनालाई नियुक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्