१२ साउन २०८३, मंगलबार

आईपीएल क्रिकेटमा बेंगलौरलाई हराउँदै लखनऊ विजयी

आईपीएल क्रिकेटमा बेंगलौरलाई हराउँदै लखनऊ विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमवार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलौरलाई हराउँदै लखनऊ सुपर जोइन्ट्स विजयी भएको छ ।

खेलको अन्तिम ओभरमा लखनऊका २ विकेट गुमे पनि रोमाञ्चक रूपमा लखनऊले १ विकेटले जितेको हो ।

लखनऊलाई जिताउन निकोलस पूरनले मुख्य भूमिका खेलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले १९ बलमा ६२ रन बनाएका थिए । उनले ४ चौका र ७ छक्का हानेका थिए ।

उनले १५ बलमा अर्धसशक पूरा गरेर यस सिजनकै सर्वाधिक छिटो अर्धशतक बनाएको कीर्तिमान कायम गरेका छन् । टीम कमजोर अवस्थामा रहेका बेला आयुष बडोनीले २४ बलमा ३० रनको योगदान गरेर लखनऊलाई जिताउन भूमिका खेले ।

खेलमा बेंगलौरले २० ओभरमा २१२ रन बनाएको थियो । खेलको अन्तिमतिर लखनऊले रोमाञ्जक जीत निकाल्यो ।

salt training

कमेन्ट गर्नुहोस्