
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बालुवाटारस्थित सभामुख निवासमा शुरू भएको छ ।
सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक शुरू भएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।
बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि सहभागी छन् ।
महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल समेत बैठकमा उपस्थित छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन बैठक बसेको हो । शनिवार पनि सभामुखको पहलमा शीर्ष नेताको बैठक बसेको थियो ।