२५ जेठ २०८३, सोमबार

‘प्रसाद २’ वैशाख १५ गतेबाट प्रदर्शनमा आउने

‘प्रसाद २’ वैशाख १५ गतेबाट प्रदर्शनमा आउने

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

वैशाख १५ गतेका लागि फिल्मको प्रदर्शन मिति घोषणा गरिएको निर्देशक थापाले जानकारी दिए । 

चैत २४ गते प्रदर्शन हुने भनिएको फिल्म आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्धा परेपछि निर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन । 

सोमवार मात्रै उच्च अदालत पाटनले फिल्म प्रदर्शनको लागि बाटो खुला गरिदिएसँगै निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । 

‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतको मुख्य भूमिका छ । 

salt training

कमेन्ट गर्नुहोस्