२२ जेठ २०८३, शुक्रबार

एमालेसहित दलहरूसँग सहमति गरेर मात्रै विधेयकहरू अघि बढाउँछौँ - प्रचण्ड

एमालेसहित दलहरूसँग सहमति गरेर मात्रै विधेयकहरू अघि बढाउँछौँ - प्रचण्ड
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरू अघि बढाउने बताएका छन्। 

माओवादी केन्द्र संसदीय दलका नेता समेत प्रचण्डले सबै विधेयकहरू प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूको सहमतिमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताए। प्रचण्डले यसैमा जोड दिएर अघि बढ्न पार्टीका सांसदहरूलाई पनि निर्देशन पनि दिए। 

मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा विधेयकहरू अघि बढाउँदा सकैसम्म सबै दलहरूसँग सहमति गर्ने र त्यसो हुन नसके पनि प्रक्रियामा सहमति गरेर बढ्न पार्टीका सांसदहरूलाई सचेतसमेत गराए।

प्रचण्डले संसदमा प्रस्तुत विधेयकहरूको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पनि पार्टीका सांसदहरूलाई आग्रह गरे।

प्रचण्डले प्रमुख प्रतिपक्षसहितका सबै दलहरूको सहमतिमा विधेयकहरू बढाउन भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशित गरेका प्रमुख सचेतक हितराज पाण्डले बैठकपछि जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्