२३ असार २०८३, मंगलबार

एलिना चौहानको स्वरमा ‘पत्थरको मुटु’ गीत रिलिज

एलिना चौहानको स्वरमा ‘पत्थरको मुटु’ गीत रिलिज

गायिका एलिना चौहानको स्वरमा ‘पत्थरको मुटु’बोलको गीत सार्वजनिक गरिएको छ ।

यो यसअघि गायक प्रताप दासको स्वरमा सार्वजनिक हिट गीत हो । 

मंगलवार यसका सर्जक कलाकार विजय पुनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा ऋषि खड्काको संगीत छ । विशाल निरौलाले एरेन्ज गरेका छन् ।

विक्रम चौहानको कथा एवं निर्देशन रहेको भिडियोमा एलिना स्वयंम पेस छिन् । उनको लिप्सिङ भिडियोमा समावेश छ ।

त्यस्तै, विजय पुन र अञ्जली अधिकारीको अभिनय भिडियोमा हेर्न सकिन्छ ।

करन चैसिरको छायाँकन रहेको यस भिडियोलाई सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

‘पत्थरको मुटु’ विरहको गीत हो ।

salt training

कमेन्ट गर्नुहोस्