०२ साउन २०८३, शनिबार

एमाले र पूर्व राजालाई दोष दिएर सरकार उम्किन मिल्दैन : महामन्त्री थापा

एमाले र पूर्व राजालाई दोष दिएर सरकार उम्किन मिल्दैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणामुखी काम गर्नुपर्ने बताएका छन् ।
 
नेपाली कांग्रेसनिकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनको उद्घाटन सत्रमा उनले कांग्रेस सहितको सरकारले अरुलाई दोष दिएर उम्कन नमिल्ने भन्दै परिणाममुखी काम गर्नुपर्ने बताए ।

‘वर्तमान सरकारले एमाले र पूर्व राजालाई दोष दिएर उम्किन मिल्दैन, ५ वर्षपछि जनतामाझ जाँदा यो/यो काम गर्‍यौं भनेर जान सक्ने अवस्था बनाउनुपर्छ, परिणामुखी काम गर्नुपर्छ,’ उनले भने । केन्द्र सरकार, प्रदेश सरकार र अधिकांश सरकारको नेतृत्व गरेको कांग्रेसले जनतामाझ काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो ।
 
महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने बताए । उनले संघीय शिक्षा ऐनका लागि आवश्यक सुझाव दिन शिक्षकलाई आग्रह गरेका छन् ।
 
‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार’ भन्ने मूल नाराका साथ शुरू भएको संघको नवौं संघीय महाधिवेशनमा देशभरबाट ७०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।
 
विक्रम संवत् २०४७ वैशाखमा स्थापना भएको नेपाल शिक्षक संघले हाल ७ वटै प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै स्थानीय तह र ६ हजार ७४३ वटै वडामा संगठन विस्तार गरिसकेको छ । सोही अवसरमा महामन्त्री थापाले शिक्षक पेशामा रहेर विभिन्न योगदान दिएका शिक्षकलाई सम्मान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्