२२ जेठ २०८३, शुक्रबार

बिरामी लिएर अस्पताल हिडेको एम्बुलेन्सलाई टिपरले ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

कात्तिक २०, २०७४
बिरामी लिएर अस्पताल हिडेको एम्बुलेन्सलाई टिपरले ठक्कर दिँदा एकको मृत्यु, चार घाइते
कलैया, १५ भदौ - बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । 

हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना४च १७७७ नंको एम्बुलेन्सलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना३ख ९२८० नंको टिपरले बिहीबार निजगढ नजिक पर्ने उनासी पुलमा ठक्कर दिँदा सो दुर्घटना भएको हो । 

एम्बुलेन्समा सवार कोल्हवी नगरपालिका–२ की ६६ वर्षीया चन्द्रबन्दना मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । 

दुर्घटनामा कोल्हवी नगरपालिका–२ का ६७ वर्षीय वासुदेव मैनाली, ३० वर्षीया कमला मैनाली, सिर्जना मैनाली र एम्बुलेन्स चालक हेटौँडा–५ का उद्धव घिमिरे घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । 

दुर्घटनामा संलग्न टिपरका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रितेन्द्र सिंहले जानकारी दिनुभयो । रासस 
 

salt training

कमेन्ट गर्नुहोस्