
काठमाडौं, १५ भदौ-गत वर्ष भारतले लगाएको नोटबन्दी नीति असफल भएपछि भारत सरकारले २ सय ४२ अर्ब डलर रकम फिर्ता लिएको छ ।
केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले बजारमा नक्कली मुद्रा नियन्त्रण गर्ने भन्दै ५ सय र एक हजारको नोट बन्द गरेको थियो । सो नीतिअनुसार बजारमा नक्कली नभएको भन्दै केन्द्रिय बैंकले भारतीय बजारका नोटमध्ये १ सय ५२ दशमलव ८ टन नाट फिर्ता लिएको जनाएको छ ।
यो रकम प्रतिवन्धित उच्च दरका नोट मध्येको ९९ प्रतिशत रहेको बताइएको छ । पाँच सय र एक हजार रुपियाँका नोटको प्रतिबन्धसँगै बैंंकहरुमा रकमको अभाव भएको थियो । पाँच सय र एक हजार रुपियाँका नोटहरुले भारतीय बजारमा रहेका नोटको ८५ प्रतिशत हिस्सा ओगट्ने गरेको बताइन्छ ।
यद्यपि भारतको केन्द्रिय वैकले भारत बाहिर रहेका प्रतिवन्धित नोटको अवस्थाका वारेमा भने केही खुलाएको छैन । भारतमा काम गर्न जानेहरुले नेपाल ल्याएका तर साट्न नपाएका प्रतिबन्धित नोटहरुले समस्या उत्पन्न गराएको छ ।
वैकका अनुसार कृषि, ग्रामीण अर्थतन्त्र र बस्तुको व्यापारका क्षेत्रमा नगद कारोबारमा निर्भर हुने स्थानमा भने नराम्रोसँग प्रभाव परेको छ । धेरै कम आय भएका व्यापारी र साधारण बचतकर्ता जो नगदी अर्थव्यवस्थामा निर्भर रहेका थिए, उनीहरु यसबाट नराम्रोसँग प्रभावित भएका थिए ।