१९ असार २०८३, शुक्रबार

माओवादी केन्द्रका मन्त्री पार्टी कार्यालयमा भेटिने

माओवादी केन्द्रका मन्त्री पार्टी कार्यालयमा भेटिने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का मन्त्रीले पार्टीका नेता तथा कार्यकर्तालाई मन्त्रालयमा नभई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गरिएको छ।

मङ्गलबार सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकपछि मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री कार्यालयको परामर्शमा यस्तो नीति ल्याइएको बताए। उनका अनुसार प्रधानमन्त्रीसहित मन्त्रीले पार्टी नेता र कार्यकर्ता भेट्न दिउँसो २ देखि ४ बजेसम्मको समय व्यवस्था गरिएको छ।

बिहान १० देखि २ बजेसम्म मन्त्रालयको काम कारबाहीमा समय छुट्याइएको छ भने दिउँसो २ देखि ४ बजेसम्म पार्टी नेता कार्यकर्तालाई भेट्न समय दिइने गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्