२६ जेठ २०८३, मंगलबार

राष्ट्र बैंकले वित्तीय संस्थाको मुद्दतिमा एक अर्ब बढी लगानी गर्दै

कात्तिक २०, २०७४
राष्ट्र बैंकले वित्तीय संस्थाको मुद्दतिमा एक अर्ब बढी लगानी गर्दै
rastra bankकाठमाडौं, १५ भदौ ।
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दतिमा १ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले डेढ अर्ब बढी रकम एक बर्षको लागि मुद्दतिमा लगानी गर्न लागेको हो । जसका लागि बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले विभिन्न कोषमा भएको उक्त रकम आगामी असोज १ गतेदेखि २०७५ भदौं ३१ गते सम्म एक वर्षे मुद्दती निक्षेप राख्ने भएको हो ।

जसमध्ये वाणिज्य बैंकका लागि १ अर्ब २२ करोड १० लाख, विकास बैंकको लागि २२ करोड ८९ लाख र वित्त कम्पनीको लागि ७ करोड ६३ लाख रुपैयाँ छुट्याएको राष्ट्र बैंकले जनाएको छ । सो रकम लिन ईच्छुक बैंक तथा वित्तीय संस्थाले आउने सोमबारसम्म प्रस्ताव पेश गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका बैंक तथा वित्तीय संस्थाले मात्र प्रस्ताव गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । यस्तै शिघ्र सुधारत्मक कारबाही फुकुवा भएको ६ महिना पुगेका संस्थाहरुले समेत आवेदन गर्न सक्नेछन ।

salt training

कमेन्ट गर्नुहोस्