०६ असार २०८३, शनिबार

भुवनप्रति आक्रोश पोख्दै दीपकराजले भने – ‘यी अध्यक्ष आएपछि जताततै लफडा छ हाम्रो क्षेत्रमा’

भुवनप्रति आक्रोश पोख्दै दीपकराजले भने – ‘यी अध्यक्ष आएपछि जताततै लफडा छ हाम्रो क्षेत्रमा’

अभिनेता एवं निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले आफूहरूको फिल्म ‘छक्का पञ्जा ४’को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेपछि बोर्ड अध्यक्ष केसीप्रति सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गरेका हुन् । 

‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा’ दीपकराजले बुधवार विहानफेसबुकमा लेखेका छन् । 

विकास बोर्डले मंगलवार वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको कमाइ सार्वजनिक गरेको थियो । जसमा ‘छक्कापञ्जा ४’ले १६ करोड ९४ लाख रूपैयाँ कमाइ गरेको उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्