२२ जेठ २०८३, शुक्रबार

सेयर बजार १८ दशमलव ३३ ले घट्यो

कात्तिक २०, २०७४
सेयर बजार १८ दशमलव ३३ ले घट्यो
nepse
काठमाडौं, १५ भदौ ।
सेयर बजार परिसुचक नेप्से यो साता लगातार ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजार १८ दशमलव ३३ अंकले घट्दै १५८० अंकमा आएको छ । दिनभरीमा १६० कम्पनीको ८४ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १५ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारका सबै उपसुचकहरु ओरालो लागेका छन् । बैंकिङ १६ दशमलव १५ अंक, होटल ११ दशमलव १३ अंक, विकास बैंक २४ दशमलव ६६ अंक, जलविद्युत १७ दशमलव ३१ अंक, फाइनान्स १० दशमलव २३ अंक, बीमा १४७ अंक, उत्पादनमूलक साढे एक अंक र अन्य पौने दुई अंकले झरेको छ ।

बजारमा सबैभन्दा वढी कारोबार एनआइसी एसियाको ६ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा वढि कमाउनेमा जेनरलफाइनान्सका लगानीकर्ता छन् ।

salt training

कमेन्ट गर्नुहोस्